रहेनन् गायक प्रशान्त तामाङ

 0  15
रहेनन् गायक प्रशान्त तामाङ

काठमाडौं, २७ पुस । इन्डियन आइडल सिजन-३ का विजेता समेत रहेका गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ‘उहाँको परिवारका सदस्यहरुसँग मेरो कुरा भएको थियो, राजेशले भने, ‘उहाँको सुतेकै ठाउँमा मृत्यु भएको रहेछ। परिवारका मान्छेले हृदयघात भएको भन्नु भएको छ।’

४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका प्रशान्तले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् । प्रशान्तले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् ।

नेपाली फिल्म ‘गोरखा पल्टन’ र ‘परदेशी’ मा अभिनय गरेका प्रशानेतले असारे महिनामा, रातो रानी, गोर्खा पल्टन, घामको माया, मन साइँली, मुसु मुसु हासी देउँ न लगायत चर्चित गीतहरु गाएका छन् ।  उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएर उनी डबिङको तयारीमा थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow