रिटर्नी बागमती प्रदेशद्वारा धादिङस्थित गोल्मारानी आधारभुत विद्यालयमा सहयोग हस्तान्तरण (तस्विरसहित)

 0  91
रिटर्नी बागमती प्रदेशद्वारा धादिङस्थित गोल्मारानी आधारभुत विद्यालयमा सहयोग हस्तान्तरण (तस्विरसहित)

धादिङ, २६ कात्तिक । रिटर्नी फेडेरेसन नेपाल बागमती प्रदेश कमिटीको आयोजनामा सिद्दलेक-६ परेवाटार, धादिङस्थित गोल्मारानी आधारभुत विद्यालयमा सहयोग हस्तान्तरण गरिएको छ ।

रिटर्नी फेडेरेसन नेपाल प्रचार विभागको सहकार्यमा गत शुक्रबार (कात्तिक २१ गते) गोल्मारानी आधारभुत विद्यालयमा अध्ययनरत भाई बहिनीहरुलाई जाडोको लागि स्वीटर, कापी, कलमलगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगप्रसाद थपलियाको अध्यक्षतामा संचालन गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा सिद्दलेक गाउँपालिकाका अध्यक्ष पर्शुराम खतिवडा प्रमुख अतिथि, रिटर्नी फेडेरेसन नेपालका सचिव, प्रचार विभाग प्रमुख हेम राई विशेष अतिथि, अतिथिहरुमा रिटर्नी फेडेरेसन नेपाल केन्द्रिय सचिवालय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज शुभेच्छा मयाङ्बो, वडाअध्यक्ष सुरेन्द्र कुमार मगर, केन्द्रिय सदस्य तथा धादिङ ईन्चार्ज कमला कोईराला, बागमती प्रदेश सचिव विनोद कार्की, बागमती प्रदेश सदस्य सानोभाई नेवाफुकी, विद्यालयका प्रधानाध्यापक गीता लामिछाने लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

रिटर्नी फेडेरेसन नेपाल बागमती प्रदेशका अध्यक्ष एकराज उपाध्यायले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुलाई कापी, कलम, स्वीटर, मोजालगायतका सामग्री हस्तान्तरण गरिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow