सरकारसँग वार्तापछि म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता

 0  9
सरकारसँग वार्तापछि म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं, १ भदौ । सरकारसँग सहमति भएसँगै आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको संघले सोमबार युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सहमति गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । सहमति जुटेसँगै संघले आजकै मितिदेखि आफ्ना सबै दबाबमूलक कार्यक्रमहरू अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।

सोमबार मन्त्री र सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलमा संघले अघि सारेका १५ बुँदे मागबारे विस्तृत छलफल भएको थियो। मन्त्रालयले संघका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेको र ती माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गर्ने समझदारी भएको छ।

उनीहरुबीच वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow